शीर्षकहरू

एनआईसी एशिया लघुवित्तले कमायो ४ करोड ४८ लाख नाफा

एनआईसी एशिया लघुवित्तले कमायो ४ करोड ४८ लाख नाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात तीन महीनामा रू. ४ करोड ४८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३१ प्रतिशत कमि आएको हो । सो अवधिमा कम्पनीले रू. ६ करोड ५७ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ८१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ११ दशमलव २२ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा पनि २७ दशमलव ८५ प्रतिशत घटेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज गत आवमा रू. ६ लाख ६९ हजार रहेकोमा चालू आवमा बढेर रू. ७५ लाख ३३ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा घटेको हो । 

कम्पनीको खुद ब्याज आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. २९ करोड २ लाख रहेकोमा चालू आवमा घटेर रू. २५ करोड ५ लाखमा झरेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७३ करोड रहेको छ । कम्पनीले जगेडामा रू. ७७ करोड ३१ लाख र रिटेन्ड अर्निङमा रू. ६० करोड २६ लाख सञ्चिती गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १२ पैसा (वार्षिक), मूल्य आम्दानी अनुपात ५९ दशमलव ७० गुणा,तरलता अनुपात ४१ दशमलव ४८ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ६४ पैसा रहेको छ ।