शीर्षकहरू

दुई कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।  अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता र मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । 

यी दुबै कम्पनीको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । मल्टीपर्पस फाइनान्सले गत भदौ १० गते देखि ३१ गते सम्म निष्कासन गरेको ३५ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

त्यस्तै अपि पावर कम्पनीले साउन ३१ गते देखि भदौ १९ गते सम्म निष्कासन गरेको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।