शीर्षकहरू

डिजिटल वालेटमा दिनको २० पटक रकम जम्मा गर्न पाइने

डिजिटल वालेटमा दिनको २० पटक रकम जम्मा गर्न पाइने

काठमाडौं । प्रयोगकर्ताहरूले अब डिजिटल वालेटमा दिनको २० पटकसम्म रकम जम्मा गर्न पाउने भएका छन्‌ । नेपाल राष्ट्र बै‌कले चाडपर्वलाई लक्षित गर्दै कात्तिक २४ देखि मंसिर ३ सम्म डिजिटल वालेटमा २० पटक रकम जम्मा गर्ने सुविधा दिएको हो ।

यसअघि दैनिक १० पटक रकम जम्मा गर्न दिने गरेको राष्ट्र बैंकले नगद प्रवाह बढी हुने चाडबाडका बेला क्यासलेस कारोबार बढाउन सीमा बढाएको हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सुविधा विस्तार गर्दै शुक्रबार परिपत्र नै जारी गरेको छ ।

परिपत्रमा लेखिएको छ, ‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा मिति २०८० असोज २४ देखि २०८० मंसिर ०३ सम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरी उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम यस विभागलाई जानकारी गराउनु हुन यो परिपत्र जारी गरिएको छ।’