शीर्षकहरू

एभरेष्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

एभरेष्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिले डा. बोलगोपाल वैद्यलाई अध्यक्ष नियुक्त गरेको छ । असोज २३ गते बसेको बैठकले सञ्चालक समिति सदस्य बैद्यलाई अध्यक्ष नियुक्त गरेको हो ।

अध्यक्ष नियुक्त वैद्यले असोज २४ गते (आज) नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष पद तथा गोपीियताको शपथ लिएका छन् । विगत २० वर्ष देखि बैंक सञ्चालक समिति सदस्य रहेका डा. वैद्य अर्थ विज्ञका रुपमा समेत परिचित छन् । 

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रहिसकेका डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए ।

कात्तिक ८ गते बैंकका पूर्वअध्यक्ष बिके श्रेष्ठको निधन भएको थियो । उनी वि.सं. २०५४ सालदेखि बैंक अध्यक्ष थिए ।