शीर्षकहरू

करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सको कोदोको चिप्स बजारमा

करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सको कोदोको चिप्स बजारमा

बुटबल । लोकप्रिय करेन्ट चाउचाउ उत्पादन गरिरहेको यशोदा फुड्सले बजारमा कोदोको चिप्स ल्याएको छ । नेपालको पहाडी भेगमा गरिने कोदो खेतीलाई प्रोत्साहन र संरक्षण गर्न कोदोको चिप्सको उत्पादन र बिक्री वितरण सुरु गरिएको यशोदा फुड्सले जानकारी दिएको छ ।

अनुसार यशोदाले उत्पादन गर्ने स्न्याक्स अन्तर्गत कोदोको चिप्स आठौं उत्पादन हो । हाल यशोदा फुड्सले करेन्ट ब्रान्डका स्टिकमा हट एन्ड स्पाइसी, करेन्ट अचारी, करेन्ट चटपटा, करेन्ट लेमन गरी ४ प्रकारका स्टिकसहित करेन्ट ब्रान्डमै चिज बल्स, पोटेटो क्रेकर र पोटेटो स्टिक गरी ७ वटा स्न्याक्सको उत्पादन गरिरहेको छ । 

उद्योगले कोदोको चिप्स तीन कुने आकारमा उत्पादन गरेको र नेपालमा यस्तो आकारको चिप्स पहिलो हो । कम्पनीका अनुसार कोदोको चिप्स पनि नेपालमै पहिलोपटक यशोदा फुड्सले उत्पादन थालेको हो । नेपालको खाद्यन्य उत्पादनमा कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रमा मकै पछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । यसको खेती कम मलिलो तथा सुख्खा जग्गामा कम खर्चमा गर्न सकिन्छ । खाद्य सुरक्षाका दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो । कोदोबाट ढिंडो, रोटी, सातु, लिटो, खोले र पुवालगायत परिकारमात्र बनाएर खाने गरिएको छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो । 

तर, पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । यो मधुमेहका बिरामीका लागि उपयुक्त अन्नबाली हो ।

कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन लगायत पोषणतत्व तथा तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ । यही महत्वपूर्ण बाली संरक्षण गर्न र उत्पादनलाई आधुनिक परिकारमा ढाल्नेगरी कोदोको चिप्स उत्पादन थालिएको यशोदा फुड्सले जानकारी दिएको हो ।

मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । कोदोलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

सन् २०१७ मे ७ मा रूपन्देही तिलोत्तमामा उद्योग स्थापना गरी खाद्य सामग्री बजारमा प्रवेश गरेको कम्पनी यशोदा फुड्स आफ्ना लोकप्रिय उत्पादनका कारण अहिले नेपाली बजारमा प्रख्यात खाद्य उत्पादक बनिसकेको छ । स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन र उपभोगको आधार तयार पार्ने लक्ष्यसाथ उत्पादित ‘करेन्ट’ चाउचाउ केही वर्षमै नेपाली बजारमा छाउँदै भारत अस्ट्रेलिया र अमेरिका लगायत मुलुकहरूमा समेत निर्यात हुन थालेको छ । सोही लोकप्रिय चाउचाउ उत्पादन गरेको यशोदा फुड्सले कोदोको चिप्स उत्पादन थालेको हो ।

विदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रति वर्ष ५० लाख अमेरिकी डलर बराबरको निर्यातले प्रस्ट पार्दछ । देशभर प्रत्यक्ष  र प्रत्यक्ष रूपमा लगभग १५ हजार जनालाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ । देशभर करिब ३० हेक्टर जमीनमा अकबरेखुर्सानी खेती गर्ने लगायत मकवानपुरमा प्रयोगमा नआएको जमीनमा खुर्सानी खेतीलाई प्रोतसाहन गर्ने करेन्टले आफ्नो उच्च गुणस्तरीय उत्पादनले धेरैको मन जित्‍न सफल बनेको हो ।

ृउद्योगका चर्चित करेन्ट चाउचाउ स्थानीय अकबरे खुर्सानीमा पाइने सम्पूर्ण गुणहरू यस चाउचाउमा पाइने र कुनै मिसावट नभएकैले यसलाई धेरै मानिसहरूले रुचाएको देखिन्छ । नेपालमै उत्पादित अकबरेखुर्सानीको प्रयोगबाट स्वस्थ्य चाउचाउ बजार सम्म पुर्याउँदै आएको करेन्टको बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसानहरू लाभान्वित हुने देखिएको छ । यसले गर्दा धेरै वर्ष देखि बाँझो बसेका खेतहरू पनि प्रयोग हुने र निर्यातमार्फत देशको आर्थिक स्थितिमा निकै सुधार आउने देखिन्छ ।