शीर्षकहरू

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितहरूलाई आपतकालीन राहत

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितहरूलाई आपतकालीन राहत

काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गतको सिएसआर डिभिजन अरुण चौधरी फाउण्डेशनद्वारा जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पीडितहरूलाई आपतकालीन राहत सामाग्रीहरू प्रदान गरेको छ । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा भूकम्पका कारण व्यापक क्षति भएको र हाल त्यहाँको जीवन निकै कष्टकर बन्दै गएका छ ।    

आधारभूत आवश्यकता खाद्यान्न, औषधि, लत्ताकपडा र आवासको अभाव हदै गएको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि  १६ टन राहत सामग्री उपलब्ध गराएको छ । संस्थाले उक्त राहत प्याकेज जाजरकोट नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई सिधै हस्तान्तरण गरेको थियो । 

स्वतःस्फूर्त एवं सक्रिय प्रयासको रूपमा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छा पूर्वक एक दिनको तलब उपलब्ध गराई राहत प्याकेजमा योगदान दिएका छन् । संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ ।