शीर्षकहरू

प्रभु क्यापिटलको १८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु क्यापिटलको १८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थापक तर्फको १८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । क्यापिटले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयरको मूल्य प्रतिकित्रा ११० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । 

इच्छुक खरीदकर्ताहरूले मङ्सिर २७ गतेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा आवेदन पेश गरिसक्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र मङ्सिर २८ गते दिउँसो ३ बजे खोलिने कार्यक्रम तय भइसकेको छ ।