शीर्षकहरू

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरूको सहायताका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको हो ।

महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उक्त रकम बाराबरको चेक हस्तान्तरण गरेका हुन्‌ ।   

बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।