शीर्षकहरू

अख्तियारले डामेका बदनाम ठेकेदार पप्पु जसपाबाट एमालेमा

अख्तियारले डामेका बदनाम ठेकेदार पप्पु जसपाबाट एमालेमा

काठमाडौं । निर्माण क्षेत्रमा बदनाम पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार ‘पप्पुलाई’ नेकपा (एमाले) ले राजनीतिक संरक्षण दिने भएको छ । जनता समाजवादी नेपाल (जसपा)का केन्द्रीय सदस्य रौनियार एमालेमा प्रवेश गर्न लागेका हुन्‌ ।

२०७४ मा भएको चुनावमा पर्सा-३ बाट सांसद्‌ निर्वाचित भएका रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोजमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दुई करोड धरौटी बुझाएर उनी सोही वर्ष फागुनमा रिहा भएका थिए ।

एमालेले आगामी मंसिर ५ गते पर्सामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछ । सो कार्यक्रमलाई सम्बोधन गर्न एमाले पार्टी अध्यक्ष ओली नै पर्सा जाने कार्यक्रम छ । सोही कार्यक्रममा पप्पु एमाले प्रवेश गर्ने भएका छन् ।

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनमार्फत सरकारी अधिकारीहरूसँग मिलेमतो गरी अर्बौं रुपैयाँ बराबरको पूर्वाधार निर्माणका ठेक्का लिएका रौनियारले अधिकांश काम अलपत्र पारेका छन्‌ ।