शीर्षकहरू

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका २ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका १० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।