शीर्षकहरू

वैद्य इनर्जीले सञ्चालनमा ल्यायो शोरुम, नयाँ इलेक्ट्रिक स्कुटर पनि सार्वजनिक

वैद्य इनर्जीले सञ्चालनमा ल्यायो शोरुम, नयाँ इलेक्ट्रिक स्कुटर पनि सार्वजनिक

काठमाडौं । भारतमा उत्पादन भएको विश्व स्तरीय विद्युतीय स्कुटर एथरको आयातकर्ता कम्पनी वैद्य इनर्जीले आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंको गैरिधारामा पहिलो अन्तराष्ट्रियस्तरको शोरुम सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रममा एथर इन्डियका रजनिश पोखरेल तथा वैद्य इनर्जिका सुर्यान्स वैद्यको उपस्थितिमा थियो । कम्पनीको पहिलो शोरुममा प्रिमियम स्कुटर ४५० एक्सको दुई भेरियन्ट सार्वजनिक गरेको हो ।

शोरुमा उद्घाटन कार्यक्रममा बोल्दै ‘आफूहरू सधैँ नवीन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नोलोजीमा विश्वास गर्छौ । त्यसमा एथरका उत्पादन फिट हुने हाम्रो विश्वास छ’, सिइओ सुर्यान्स वैद्यले भने ।