शीर्षकहरू

एशिया लाइफ इन्स्योरेन्सले संस्थापकतर्फ ९ प्रतिशत स्वामित्व घटाउने

एशिया लाइफ इन्स्योरेन्सले संस्थापकतर्फ ९ प्रतिशत स्वामित्व घटाउने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम संस्थापतर्फको ६० प्रतिशत शेयर स्वामित्वलाई ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत स्वामित्वलाई ४९ प्रतिशत कायम गर्न लागेको हो । 

शेयर संरचना परिवर्तन सम्बन्धी प्रस्ताव कम्पनीले १४औं वार्षिक साधारण सभाबाट पारित गराईसकेको छ । सो बमोजिम आफ्नो स्वामित्वको शेयर परिवर्तन गर्न नचाहने सदस्यहरूलाई आगामी ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । 

तोकिएको अवधिभित्र शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुन बमोजिम सर्वसाधारण समूहमा संस्थापक तर्फको ९ प्रतिशत शेयर परिवर्तन गरिने जानकारी कम्पनीले दिएको छ । हाल यस कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड ५३ लाख रूपैयाँ रहेको छ ।