शीर्षकहरू

जाजरकोट भूकम्पोत्तर योजनाबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

जाजरकोट भूकम्पोत्तर योजनाबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ । जाजरकोट भुकम्पोत्तर उद्दार, राहत र पुनःस्थापनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी छन्‌ ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा जाजरकोट, रुकुमपश्चिम र आसपासका जिल्लामा गरी हालसम्म कम्तिमा १५७ जनाको ज्यान गएको छ । भूकम्पप्रभावित क्षेत्रमै हालसम्म ३०० भन्दा बढी परकम्प गइसकेको छ ।

भूकम्प लगत्तै उद्दार र राहतमा जुटेको सरकारले यो कामलाई प्रभावकारी बनाउन र पुनःनिर्माणको योजनाबारे छलफल गर्न सर्वदलीय बैठक डाकेको हो ।