शीर्षकहरू

आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि नेपाललाई

आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि नेपाललाई

काठमाडौं । आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयर हरेक वर्षा गतवर्ष २०२२ मा पनि सफलता पूर्वक सम्पन्न भएको छ । जसमा नेपाल सहित ३० देशहरूले आफ्नो सहभागीता जनाएको कम्पनीले जनाएको छ ।

व्यावसायीक साझेदारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइसरले यो कार्यक्रम आफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको हो । सुरुवातदेखि नै यसले व्यक्तिगत क्षमताको मुल्यांकन गर्दै बिक्री, उत्पादन ज्ञान बजार रणनीतिहरूको मुल्यांकन गर्दै आएको छ र व्यवसायिकरणको नीतिमा पनि यो प्रतियोगिता उत्साहको उत्प्रेरक बनेको कम्पनीको दावी छ । 

यस प्रतियोगितामा विभिन्न कठिन चरणहरू समावेश गरिएको थियो । जसमा अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश गरिएका थिए र यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो । यस प्रतिष्ठित प्रतियोगितामा विभिन्न देशका २०० सहभागीहरूले आफ्नो असाधारण कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए । यो उपाधिहासिल गर्न बतास एमएडब्लूका कर्मचारी प्रडक्ट हेड  ठाकुर कुमार गाह र आफिसर  अशोक थापाले योगदान रहेको कम्पनीले जनाएको छ ।  

ठाकुर कुमार गाह पस्ट रनर अफ र अशोक थापाले स्टार फरमर प्रतियोगिता भर आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै उत्कृष्टता र विशेषज्ञताको उदाहरण दिएका थिए । विगत ४० वर्षदेखि नेपालको व्यवसायीक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरूले रुचाएको ब्रान्ड आइसर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री गर्दै आईरहेको छ । विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

 साथै हालसालै भएको बतास र एमएडब्लूका देशैभरी ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टसका साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । बिक्री पछि आफ्नो ग्राहकलाई लक्षितगर्दै सर्विसमा आएको हरेक गाडी सोहिदिन डेलिभरीदिने व्यवस्था गराउँदै आइरहेको छ । साथै आइशरले आफ्नो ग्राहकलाई लक्षित गर्दै असोज पछाडि खरिद गरेको प्रतेक गाडीको चालकलाई रु २५ लाखको आकस्मिक बीमा उपलब्ध गराउँदै आइरहेको छ ।