शीर्षकहरू

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारण सभा मङ्सिर १८ गते

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारण सभा मङ्सिर १८ गते

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मङ्सिर १८ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान ११ बजेर १५ मिनेटमा सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ ।

यस वर्ष पनि कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले यस अघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस यता कम्पनीले लाभांश वितरण गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।