शीर्षकहरू

कृषि यन्त्र वितरणमा भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

कृषि यन्त्र वितरणमा भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो । 

अधिकारीसहित तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आ.व. २०७५।०७६ मा विभिन्न कृषि समूह/सहकारी/संस्थामार्फत किसानहरुलाई कृषि यान्त्रिक वितरण गरिने भनिएको थियो । जस अन्तर्गत कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रालि भरतपुर, चितवनले किसानलाई इन्डियन कम्पनी रहेका थिए । 

यी कम्पनीहरुसंगको मिलेमतोमा यन्त्र उपकरण उपलब्ध गराउने भनी फारम भराई रकम लिएको र अनुदानमा वितरण भएको मिनिटिलर तथा अन्य यन्त्र उपकरण वितरणको क्रममा कृषकलाई स्पेसिफिकेसन, सम्झौता विपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण उनीहरूले वितरण गरेको आयोगको भनाई छ । 

अधिकारीले सम्झौता बमोजिम खरिद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी/नगराई भुक्तानी सम्बन्धी टिप्पणी सदर गरेका थिए । उनले सम्झौता बमोजिम गुणस्तर र ब्राण्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्राण्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरेका थिए । 

जसबाट प्रदेश सरकारलाई एक करोड ३१ लाख ६० हजार रुपैयाँ हानी भएको थियो । उनीहरूसँग सोही रकम बराबर बिगो कायम गर्दै कैद सजाय समेत हुनु पर्ने माग राख्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।