शीर्षकहरू

टी-२० क्वालिफायर फाइनल रोमाञ्चकारी, ओमानले बराबरी गर्दा अब सुपर ओभर

टी-२० क्वालिफायर फाइनल रोमाञ्चकारी, ओमानले बराबरी गर्दा अब सुपर ओभर

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताको फाइनल रोमाञ्चकारी बनेको छ । नेपालका बलर र ओमानका ब्याट्सम्यानहरू डेथ ओभरमा प्रतिष्पर्धात्मक ढंगले हाबी भएपछि खेल बराबरीमा रोकिएको छ । अब नतिजाको छिनोफानो सुपरओभरबाट हुनेछ । 

टीमको हारजितको जिम्मेवारी बोकेर अन्तिम ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले ३ विकेटको योगदान गरेपछि ओमानले निर्धारित लक्ष्य १८५ रन पूरा गर्न सकेन । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ओमान १८४ रनमै रोकिएपछि खेल बराबरीमा पुगेको हो ।

पहिलो ओभरमा इनिङ गरेको नेपालले ओमानसामू १८५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको थियो ।