शीर्षकहरू

एक लाखभन्दा महँगा मोबाइल ब्लक हुँदै, भोलिदेखि एमडीएमएसमा कडाई

एक लाखभन्दा महँगा मोबाइल ब्लक हुँदै, भोलिदेखि एमडीएमएसमा कडाई

काठमाडौं । अनाधिकृत रूपमा नेपालमा भित्रिएका ५० लाख हाराहारी फोनसेट ब्लक गर्ने तयारीमा नेपाल दूरसञ्चार प्राधिकरण लागेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार अनधिकृत रूपमा नेपाल भित्रिएका एक लाख ५० हजार रुपैयाँभन्दा महँगा फोनहरू आजैदेखि ब्लक गरिँदैछ ।

अनाधिकृत रूपमा नेपाल भित्रिएका छन्, ती फोनहरु ब्लक गर्न लागिएको खनालले जानकारी दिए । उनले भने, 'नेपालमा आजसम्म हेर्दा एक लाखभन्दा महँगा फोनहरू करिब १५ हजारको हाराहारीमा बजारमा भएको अनुमान छ । यसलाई अब हामी आजैदेखि बन्द गर्नै प्रकृयामा लागेका छौं ।' 

त्यस्तै, यसअघि रोकिएको मोबाइल उपकरण व्यवस्थापन प्रणाली (एमडीएमएस) कार्यान्वयनमा थप कडाइ गर्न लागेको समेत उनले जानकारी दिए । एमडीएमएसमा दर्ता नभएका करिब ५० लाख फोनमध्ये पहिलो चरणमा आइफोन लगाएत महँगा फोन ब्लक गरी सो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो ।

प्राधिकरण अध्यक्ष खनालले भोलिदेखि अनधिकृत रूपमा नेपालमा आएका मोबाइल ब्लक हुने बताउँदै भने, ‘महँगा फोनलाई निरुत्साहित गरेपछि सस्ता फोनहरू पनि अनधिकृत रूपमा नेपाल ल्याउन रोकिनेछ ।’