शीर्षकहरू

रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता आयोजना हुने

रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता आयोजना हुने

काठमाडौं । नेपालकै सर्वोकृष्ट भोड्का, रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो ५० औ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्का स्थापना कालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ ।  यसै अवसरमा बहु प्रतिष्ठित ब्रान्ड रुस्लानले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने कम्पनीले जनाएको  छ । 

नेपालमै गल्फको सुरुवातकर्ता आरएनजीसीले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र आरएनजीसी दुबैै मिलेर “रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता“ गल्फ प्रतियोगिता आयोजन गर्न गइरहेको हो । 

जावलाखेल ग्््रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाका अनुसार “रुस्लानको पाँच दशक यात्रा र आरएनजीसीलको १०७ औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा हामी गौरवान्वित छौै । उत्कृष्टताको साथै यस ब्राण्ड प्रति सहेको विश्वासलाई सदा कायम राख्ने  प्रतिबद्धता दिन्छौं ।’’

रुस्लान गल्फ प्रतियोगिता यहि कार्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुन गइरहेको छ जसमा १३० जना आरएनजीसील सदस्यहरूको प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितालाई रुस्लान र आरएनजीसील ऋ दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र एक उत्सवको रुपमा मनाउन आयोजना गरिएको हो ।