शीर्षकहरू

एनआईसी एशिया बैंकले भूकम्प प्रभावितलाई ५१ लाख दिने

एनआईसी एशिया बैंकले भूकम्प प्रभावितलाई ५१ लाख दिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त रकम सहयोग गर्ने भएको हो । 

शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षति भएको छ । सो क्षेत्रको लागि बैंकले राहत उपलब्ध गराउन उक्त रकम दिने भएको हो ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।