शीर्षकहरू

विभिन्न ठाउँमा जुवातास खेलिरहेका २१ जना पक्राउ

विभिन्न ठाउँमा जुवातास खेलिरहेका २१ जना पक्राउ

काठमाडौं । विभिन्न ठाउँमा जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्वतर नगरपालिका ६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका ३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय ५० रुपैयाँ र १ एक बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, भक्तपुरको भक्तपुर नगरपालिका ३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका ९ घर भएका २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ६ सय ५५ रुपैया र २ बुक ताससहित पक्राउ गरेको हो । 

त्यसैगरि, कास्कीको पोखरा महानगरपालिका ४ मानवअधिकार चोकस्थित सोही महानगरपालिका १५ रामजवार बस्ने स्याङ्जा वालिङ नगरपालिका ३ घर भएका ३२ वर्षीय यम बहादुर गुरुङले संचालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४६ हजार ९ सय ७५ रुपैया र १ सय ६० पत्ती ताससहित पक्राउ गरेको हो ।