शीर्षकहरू

एक सय ३६ को मृत्यु, एक सय ६१ घाइते

एक सय ३६ को मृत्यु, एक सय ६१ घाइते

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय ३६ जनाको मृत्यु तथा एक सय ६१ जना घाइते भएका छन । जाजरकोट र रुकुम पश्चिममा ठूलो सङ्ख्याका घाइते रहेको उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ । दैलेख, रोल्पा र जुम्लामा सात जना घाइते भएका छन् । 

उपप्रधानमन्त्री श्रेष्ठले घाइतेको शीघ्र उपचारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् घटनालाई चासोका साथ लिएर प्रभावित क्षेत्रमा खट्ने छन । उनकै निर्देशनमा घाइतेको उपचारलाई पहिलो प्राथमिकता दिइएको छ”, उनले भने । 

सामान्य घाइतेको स्थानीय अस्पताल तथा गम्भीर घाइतेको सुर्खेत र नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। ट्रमा सेन्टर र अन्य ठूला अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उनको भनाइ छ । 

सुर्खेतलाई मुल ‘बेस’ बनाएर भूकम्पपीडितको उद्धार तथा राहत वितरणको कार्य सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी नेपालगञ्जलाई सहायक बेस बनाएर आवश्यक जनशक्ति र सरसामग्रीको व्यवस्था गरिएको बताइएको छ । रासस