शीर्षकहरू

रुकुम पश्चिममा मृत्यु भएकाहरुको नाम सार्वजनिक

रुकुम पश्चिममा मृत्यु भएकाहरुको नाम सार्वजनिक

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा दर्जनौँको मृत्यु भएका छन् । अहिलेसम्म ३६ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको छ । 

मृत्यु हुनेमा सनाखतभएकामध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यस्तै, २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन् । सानीभेरी गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने आठविसकोट नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको छ ।