शीर्षकहरू

भूकम्पमा परी सानीभेरीमा ३६ को मृत्यु, १० घाइते, लगातार चार पटक भूकम्प

भूकम्पमा परी सानीभेरीमा ३६ को मृत्यु, १० घाइते, लगातार चार पटक भूकम्प

त्रिवेणी (रुकुम पश्चिम) । गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ३६ जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा   वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षिया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । 

गएराती २३ः ३७ मा ६.४ रेक्टरको र लगातार चार पटक भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् ।भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । 

भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ।

त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षती भएको विवरण हालसम्म आएको छैन । चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षती नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए  ।

जिल्लाको आठविसकोट नगरपालिका भने ठूलो मानवीय क्षती भएको बताइएको छ । तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकिन जानकारी नआएको बताएको छ ।