शीर्षकहरू

सिएनआइ युएनसीडीएफको ‘वेब प्लेटफर्म’मा आबद्ध

सिएनआइ युएनसीडीएफको ‘वेब प्लेटफर्म’मा आबद्ध

काठमाडौं ।  संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (युएनसीडीएफ) को ‘अगोरा’ वेब प्लेटफर्ममा नेपाल उद्योग परिसङ्घ (सिएनआइ) आवद्ध भएको छ । लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न सो प्लेटफर्म मा खडा गरिएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आबद्धतासम्बन्धी समझदारीपत्र आज आदानप्रदान गरे । अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसङ्घ नेपालको पहिलो संस्था हो ।  

आगामी दिनमा परिसङ्घले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसङ्घले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । नेपालका उद्यमी एवं व्यवसायीहरूलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ । 

परिसङ्घका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसङ्घसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सहयोग हुने बताए ।