शीर्षकहरू

नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम ‘न्यूरोड नेपाली जुत्ताघर’

नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम ‘न्यूरोड नेपाली जुत्ताघर’

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य लाल प्रसाद सावा लिम्बुले गरका हुन् । 

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यसअघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जनाइएको छ । 

न्यूरोड नेपाली जुत्ता घरमा विएफ डियर हिल र विएफ स्पोट, क्रस रोड, रोयल शुज, फस्टवाक शुज, डिजे शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन् ।