शीर्षकहरू

शेयर बजारको आरोलो यात्रा कायमै, आज पनि १०.८६ अंकले घट्यो

शेयर बजारको आरोलो यात्रा कायमै, आज पनि १०.८६ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १०.८६ अंकले घटेर एक हजार ८ सय ४७ दशमलब ७० विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज ९६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १९० कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य ६.०४ प्रतिशतले बढेर प्रतिकित्ता ११२४ रुपैयाँ पुगेको छ । यस्तै आज हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ५ प्रतिशतले बढेर प्रतिकित्ता ६३० रुपैयाँ पुगेको छ । 

बिहिबार सयपत्रि हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आशा लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज १० करोड १० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।