शीर्षकहरू

पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै विशाल ग्रुप

पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै विशाल ग्रुप

काठमाडौं । विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कात्तिक १६ गतेदेखि २० गतेसम्म आवेदन पेश गर्न सकिने गरी नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा आएको हो । 

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन पेश गर्न सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता २७७ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूूनतम २ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।  

यी शेयर प्राप्त गर्ने लगानीकर्ताहरूले कम्पनीद्वारा कात्तिक १६ गतेपछि प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।