शीर्षकहरू

ग्यासको  आयात  घटेसँगै  खपतमा कमी

ग्यासको  आयात  घटेसँगै  खपतमा कमी

काठमाडौं । बजारमा खाना  पकाउने  एलपी  ग्यासको  खपत घटेको छ । ग्यासको  आयात  घटेसँगै  खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो ।

पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९र८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ । आव २०७८र७९ मा  ६१  अर्ब  रुपियाँ  बराबरको  पाँच  लाख  ३६  हजार  ६९८  मेट्रिक  टन  ग्यास  आयात  भएको  थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए । आर्थिक  गतिविधि  कम  हुँदा  ग्यासको  खपत घटेसँगै आयातमा कमी आएको उनको भनाइ छ । विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका  कारण  ग्यासको  आयातमा  गिरावट  आएको उहाँको भनाइ छ । बिजुलीभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ ।

ग्यास बिक्रेता महासङ्घका  पूर्वअध्यक्ष  ज्ञानेश्वर  अर्यालले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए । आर्थिक   सङ्कटका   कारण   होटल,   रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण  ठुला  रेस्टुरेन्टमा  कारोबार  घटेकाले  ग्यासको खपतमा कमी आएको उनको भनाइ छ ।