शीर्षकहरू

नेप्सेमा ५.८३ अंकको गिरावट, ८१ करोड २० लाखको कारोबार

नेप्सेमा ५.८३ अंकको गिरावट, ८१ करोड २० लाखको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.८३ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ५६ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज ८१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता ५५८ रुपैयाँ पुगेको छ । यस्तै आज हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता ६०० रुपैयाँ पुगेको छ । 

सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.९९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेड भएको छ । यस कम्पनीको आज १४ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।