शीर्षकहरू

तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकै दिन गर्दै एनएमबि सेक्यूरिटीज

तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकै दिन गर्दै एनएमबि सेक्यूरिटीज

काठमाडौं । एनएमबि सेक्यूरिटीज लिमिटेडले मंसिर ८ गते तीन आर्थिक वर्षको साधारण सभा एकै पटक बोलाएको छ । कम्पनीले पहिलो, दोस्रो र तेस्रो वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रार कार्यालय नक्साल, काठमाडौंमा दिउँसो १२ः३० बजे सभा बोलाएको हो । 

सभाले आर्थिक वर्ष ०७७/७८, ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

प्रबन्ध संचालकको तलब भत्ता निर्धारण गर्ने र संचालकको बैठक भत्ता निर्धारण गर्ने विषय पनि सभाका लागि तय गरिएको छ ।