शीर्षकहरू

नेशनल लाईफले गर्यो भूकम्पनबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

नेशनल लाईफले गर्यो भूकम्पनबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले गत असोज १६ गते आएको भूकम्पबाट क्षतीग्रस्त बझाङको जय पृथ्वीनगरपालिका ४ स्थित  बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको उनले बताए । उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केहीहदसम्म भएपनि राहतमिल्ने धारण व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षगगनबहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिनु हुँदै आर्थिक  सहयोग प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद दिएका थिए ।