aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

भारतमा अहिलेसम्मकै ठूलो छापा, २४४ करोड जफत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ कार्तिक २०८०
Global IME
ime Limited
भारतमा अहिलेसम्मकै ठूलो छापा, २४४ करोड जफत
DHI
nmb

एजेन्सी । भारतको राजस्थानमा विधानसभा चुनाव अघि एजेन्सीहरूले २४४ करोड रुपैयाँ भारुको नगद जफत गरेका छन्। भरतको प्रहरी, आयकर र प्रवर्तन निकायले नगद, मदिरा, लागुऔषध, सुन र चाँदी बरामद गरी नयाँ कीर्तिमान बनाएको अधिकारीहरुले बताएका छन् । २०२३ मा राज्यमा १,०२१ करोड रुपैयाँ भारुभन्दा बढी बरामद भएको छ। यो बरामद गत वर्षको भन्दा तीन गुणा हो।

भारतको राजस्थान राज्यमा नोभेम्बर २५ मा चुनाव छ। निर्वाचन आयोगले असार महिनादेखि नै सबै निकायसँग मिलेर काम गरिरहेको छ । त्यसयता ६४८ करोड रुपैयाँ भारु नगद र अन्य सामान जफत गरिएको छ ।

प्रहरी, आयकर विभाग र अन्य निकायले ३९ करोड ३० लाख रुपैयाँ नगद बरामद गरेका छन् । यसबाहेक २० करोड १२ लाख रुपैयाँ बराबरको १० लाख ६० हजार लिटरभन्दा बढी अवैध मदिरा पनि बरामद भएको छ ।
 

प्रतिक्रिया दिनुहोस