शीर्षकहरू

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं ।  उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन । 

उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको उनका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । हृदयाघात भएपछि उहाँको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए थिए । 

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गरेका छन । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्नुभएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए ।

चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ ।तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ बनेका थिए ।