शीर्षकहरू

दुई नयाँ ब्रोकरले बोलाए साधारण सभा

दुई नयाँ ब्रोकरले बोलाए साधारण सभा

काठमाडौं । नयाँ ब्रोकर कम्पनीका रुपमा सञ्चालित दुई धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले साधारण सभा बोलाएका छन् । मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा र प्रभु स्टक मार्केट लिमिटेडले विशेष साधारण सभा बोलाएका हुन् ।

प्रभु स्टक मार्केटले कात्तिक १५ गते कम्पनीको कार्यालय बबरमहल, काठमाडौंमा विहान ९ बजे विशेष साधारण सभा बोलाएको हो । सभाले कम्पनीको ठेगाना संशोधन लगाएत विविध प्रस्ताव पारितका लागि सभा बोलाएको हो । प्रभु स्टक मार्केट सिमित कार्य गर्ने धितोपत्र दलालको रुपमा सञ्चालित छ ।

त्यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा सञ्चालित मेगा स्टक मार्केट्स लिमिटेडले भने कात्तिक २४ गते प्रथम वार्षिक साधारण सभा गर्न लागेको हो । साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा विहान ९ बजे कम्पनीले सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । सञ्चालकहरू नियुक्त र कम्पनीको प्रबन्धपत्र नियमावली संशोधनको प्रस्थाप समेत सभाका लागि तय भएको छ ।