शीर्षकहरू

अरुण तेश्रो जलविद्युतको प्रवेश मार्गको समस्या मन्त्रिपरिषदमा पेश गर्ने लगानी बोर्डको निर्णय

अरुण तेश्रो जलविद्युतको प्रवेश मार्गको समस्या मन्त्रिपरिषदमा पेश गर्ने लगानी बोर्डको निर्णय

काठमाडौं । अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी (दिदिङ्ग ०-२४ किमि) सडकखण्डको समस्या समाधानका लागि पन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न लगानी बोर्डको ५६ औं बैठकले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी – दिदिङ्ग सडकखण्डको समस्या समाधान गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।

 विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फ १५.४६ प्रतिशत रहेको छ । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधिहरू तथा ५५औं बोर्ड बैठकको निर्णयहरुको कार्यान्वयन अवस्था बारे जानकारी गराएका थिए ।  

बैठकमा सम्माननीय प्रधानमन्त्रीले अरुण तेश्रो जलविद्युत परियोजना सार्वजनिक(निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले यसको सहज र सफल कार्यान्वयन  सहजीकरण गर्न निर्देशन दिएका थिए ।