शीर्षकहरू

एनआई सी एशिया बैंकको लाभांश पारित

एनआई सी एशिया बैंकको लाभांश पारित

काठमाडौं ।  एनआई सी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभाबाट लाभांश पारित गरेको छ । बैंकको २८ गते आइतबारका दिन काठमाडौंको भद्रकाली स्थितआर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले सभाले गतआर्थिक वर्ष २०७९÷८० कोे ३०.५२६३ प्रतिशत लाभांश  पारित गरेको हो ।

 उक्त लाभांशमा २९ प्रतिशत बोनस शेयर ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांशको १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश रहेको छ ।  

बैंकको २६ औं वार्षिक साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको कुल चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ रुपैयाँ पुगेको छ । 

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जालविस्तार गरेको छ ।