शीर्षकहरू

पशुपति पानी उद्योगमा भेटियो लामखुट्टेको लार्भा, एक लाख जरिवाना

पशुपति पानी उद्योगमा भेटियो लामखुट्टेको लार्भा, एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ । बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै एक लाख जरिवाना गरिएको हो । 

महानगरका अनुगमन निरीक्षक डा. अवधेश झाका अनुसार पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उनको भनाइ छ । बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो । महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख जरिवाना गरेको थियो ।