काठमाडौं । नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सम्झौता भएको छ । मंगलबार स्टडी इन नेपाल अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभाग (सीएसआर डिपार्टमेन्ट) को संयोजनमा सफ्ट इडि ग्रुप अन्तर्गत सनवे कलेजसँग सम्झौता भएको हो ।
पचास (५०) जना नेपाली विद्यार्थीहरुका लागि आगामी नोमेम्बर सेसन तथा २०२४ को मार्च सेसनका लागि सुचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्न सम्झौता गरिएको हो । कलेजले स्नातक स्तरको विद्यार्थिहरुलाइ वि. अेस्सी. अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ ।
यस कोर्स अन्तर्गत विभिन्न विधा पर्दछन् । जुन डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्ट, मेसिन लर्निङ, साइबर सेकयुरिटी, क्लाउड कम्प्युटिङ, प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, इन्नोभेसन साथै वान इयर डेडिकेटेड प्रोफेसनल प्लेसमेन्ट पनि संलग्न गरिएको छ । उल्लेखित विषय अध्ययन गर्न चाहने नेपाली विद्यार्थी २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिने भएको छ ।
आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पुर्ण छात्रवृत्ति पाउनका लागि प्लसटु मा ३.६० जिपिए ल्याएको हुनुपर्नेछ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि प्लसटुमा ३.५० जि पि ए ल्याएको हुनु पर्नेछ भने ३० प्रतिशत छात्रवृत्ति पाउन प्लसटुमा ३.०० जिपिए ल्याउनु पर्ने एवम् आयल्समा कम्तिमा ५.५ स्कोर ल्याएको हुनुपर्नेछ ।
यस अवसर प्राप्त गर्न चाहने विद्यार्थीहरुले आफ्नो आवेदन [email protected] मा गई भर्न सक्नेछन् । सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३ सम्म र मार्च सेसनका लागि फ्रेब्रुअरी १८ सम्म तय गरिएको छ ।