aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

धानमा समस्यै समस्या, देखियो रोगको सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
Global IME
धानमा समस्यै समस्या, देखियो रोगको सङ्क्रमण
DHI
nmb

चितवन । चितवनमा लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो । 

यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित व्लाइट, नेक व्लाष्ट जस्ता रोग देखिएको उनले जानकारी दिए । उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चारजना धानमा लागेको समस्या लिएर आउने गरेका छन् । उनले भने, “धानमा लागेको समस्या लिएर आउनेको किसानको सङ्ख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ ।” 

कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताए । रोग नियन्त्रणका लागि कृषिविज्ञ सँगको परार्शमा विषादीको प्रयोग गर्न उनले कृषकहरुलाई सुझाव दिए । जिल्लामा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस