aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

विद्युत खरिद बिक्री सम्झौताका लागि प्राधिकरणले बोलायो प्रवद्र्धक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
Global IME
विद्युत खरिद बिक्री सम्झौताका लागि प्राधिकरणले बोलायो प्रवद्र्धक
DHI
nmb

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौताका लागि प्राधिकरणले बोलायो प्रवर्द्धकहरुलाई बोलाएको छ । प्राधिकरणको योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालय विद्युत व्यापार विभागले एक सूचना जारी गर्दै सम्झौताका लागि बोलाएको हो । 

विद्युत खरिद विक्री सम्झौता (पीपीए) लाई निरन्तरता दिन नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णयानुसार, नदी प्रवाही (आरओआर) र अर्ध जलाशययुक्त (पीआरओआर) जलविद्युत आयोजनाहरूको पीपीएका लागि तोकिएको माथिल्ला सीमा क्रमशः ६,७५० मे.वा. र ४५०० मे.वा. नगसम्म ने.वि.प्रा.संग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानिन्छ । जसमा रोल क्रम अनुसार पीपीएको कारवाही प्रक्रिया बढाउने क्रममा पीपीएको प्रक्रियामा रहेका प्रवद्र्धक कम्पनीहरू र विद्युत नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अन्तिया परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन विभागबाट पत्राचार गरिएको थियो । 

पत्राचार भएका प्रवर्द्धक कम्पनीहरुलाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिनभित्र रीतपूर्वक आवश्यक कागजातहरू दस्तावेज सहित निवेदन साथ विद्युत व्यापार विभागमा सम्पर्क राख्न सूचनामा आह्वान गरिएको छ । रीतपूर्वक पेस हुन आएका निवेदनहरूको आधारमा पीपीएको कारवाही प्रक्रिया अगाडि बढाइनेछ । 

तर, तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनहरूमा आवश्यक कागजातहरू (दस्तावेज संलग्न नभएमा त्यस्ता आयोजनाहरूलाई यस सूचनालाई आधार मानी पीपीएको रोल क्रमबाट हटाई रोल कमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका तत् पश्चातका आयोजनाहरूको पीपीए प्रक्रियालाई अगाडि बढाइने छ । पीपीएको प्रक्रियाबाट हटाइएका आयोजनाहरूलाई तत् पश्चातको क्रममा समावेश गरिने सूचनामा उल्लेख छ ।

  
 

प्रतिक्रिया दिनुहोस