शीर्षकहरू

सानिमामाई हाइड्रोपावरले प्रस्ताव गर्यो १०.५३ प्रतिशत लाभांश

सानिमामाई हाइड्रोपावरले प्रस्ताव गर्यो १०.५३ प्रतिशत लाभांश

काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडले यस वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ दशमलव ६ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । 

यस वर्षको लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक २३ गते १२औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरिसकेको छ । उक्त साधारण सभा प्रयोजनका लागि असोज २४ गते एक दिन बुक क्लोज गर्ने कम्पनीको भनाई छ । बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।