
काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतलाई अर्को झड्का लागेको छ । नेपालले भारतको तेस्रो विकेट लिएको हो । नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् ।
ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गर्दै १९औं एसियाडको पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालविरुद्ध शतक हानेका छन् । जैसवालले ४८ बलमा १०० रन बनाएका हुन् । उनले ७ छक्का र ८ चौका प्रहार गर्दै शतक हानेका हुन् ।
प्रतिक्रिया दिनुहोस