शीर्षकहरू

मर्जर प्रस्ताव पारितका लागि सामुदायिक लघुवित्तले बोलायो विशेष साधारण सभा

मर्जर प्रस्ताव पारितका लागि सामुदायिक लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ३० गते विशेष साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विहान ११ बजे होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने जिम्मेवारी सभाले दिनेछ । सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई समेतच स्वीकृति प्रदान गर्नेछ । 

बिपिडब्लु लघुवित्तसँग मर्जरका लागि १ बराबर शन्य दशमलव ८५३५ को शेयर स्वाप रेसियो वारे सहमति भएको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।