aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
Global IME
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि
DHI
nmb

काठमाडौं ।  उनाइस वर्षमुनि (यु–१९) पुरुस साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यससँगै साफ यु–१९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । यसअघि सन् २०१९ र २०२२ को साफ च्याम्पियनसिपमा भारत च्याम्पियन बनेको थियो ।

भारतको जितमा मालिङथन किप्गेनको दुई गोल गरे भने गोगमसिर गोयारीले एक गोल गरे । खेलको ६४औँ मिनेटमा किप्गेनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाए । त्यस्तै उनैले खेलको  ८५औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे । त्यसपछि गोगमसिर गोयरीले खेलको दोस्रो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरे ।

प्रतिक्रिया दिनुहोस