aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

आईफोन १५ प्रो र प्रो म्याक्समा समस्या, एप्पलले ठूलो घाटा व्यहोर्नुपर्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असोज २०८०
Global IME
ime Limited
आईफोन १५ प्रो र प्रो म्याक्समा समस्या, एप्पलले ठूलो घाटा व्यहोर्नुपर्ने सम्भावना
DHI
nmb

एजेन्सी। एप्पलले हालै बजारमा ल्याएको हालसम्मकै महँगो र बहुप्रतिक्षित फोन आईफोन १५ प्रो र प्रो म्याक्समा समस्या देखिएको छ । यो फोन समात्ने नसकिने गरी १२० डिग्री फरेनहाइट भन्दा बढी तातेको गुनासोहरू विश्वभरबाट आइरहेको छ ।

प्रयोगकर्ताहरूको यस्तो गुनासोहरूको बढ्दो ग्राफको कारण एप्पलको सबैभन्दा नयाँ र सबैभन्दा मूल्यवान् आईफोनहरूको बिक्रीमा भने चिसो पानी खन्याएको छ । एप्पलको करिब आधा राजस्व आईफोन बिक्रीबाट आउँछ। यो घटनाले कम्पनीको शेयरलाई बढवा दिनेछैन । गत महिनामा नै पनि यसको आम्दानी ६.६ प्रतिशतले घटेको थियो। यसमा कम्प्युटर र टेक क्षेत्रको घाटको हिसाब ३.१८ प्रतिशत मात्र थियो।

यो फोन सेप्टेम्बर २२ देखि मात्र नियमित खुद्रा बिक्रीका लागि बजारमा ल्याइएको थियो । सेप्टेम्बर १५ देखि यसको प्रि-अर्डरका लागि बजार खुल्ला गरिएको थियो । आईफोन १५ प्रो को मूल्य अमेरिकी डलर ९९९ र प्रो म्याक्सको मूल्य ११९९ डलर तोकिएको छ । यसको सबैभन्दा महँगो संस्करणको मूल्य १ हजार ५९९ डलर रहेको छ ।

सुरुमा, प्रारम्भिक सेटअप र चार्ज गर्दा बढी तात्ने घटना धेरै देखिन्थ्यो, तर नयाँ प्रयोगकर्ताहरूले रिपोर्ट गरिरहेका छन् कि सामान्य फोन ह्यान्डल गर्दा पनि धेरै तातो भइरहेको छ। ए  प्रयोगकर्ताले तापमान ४२ डिग्री सेल्सियस - वा १०८ डिग्री फरेनहाइट पुगेको तस्बिर, भिडियो नै सामाजिक संजालमा पोष्ट गरेका छन् ।

वाल स्ट्रिट जर्नलको एक रिपोर्टले फोन चार्ज गर्दा र प्रोसेसर-हेवी तरिकामा प्रयोग गर्दा ११२  डिग्री फरेनहाइट तापक्रम पुगेको देखाएको छ । त्यसमा प्रख्यात फोन विश्लेषक मिङ-ची कुओले लेखेका छन् कि उनको बिचारमा त्यसमा प्रयोग भएका सामग्री र डिजाइन दुवै यसो हुनुका प्रमुख कारण हुन सक्छन् । उनले लेखेका छन् "प्राथमिक कारण भनेको हल्का तौल प्राप्त गर्न थर्मल प्रणालीको डिजाइनमा गरिएको सम्झौताहरू हुन् । जस्तै कम तातो अपव्यय क्षेत्र र टाइटेनियम फ्रेमको प्रयोग, जसले थर्मल दक्षतालाई नकारात्मक असर पार्छ।"

एप्पलले हल्का फोनहरूका लागि प्रयास गर्दा त्यसको परिणाम स्वरूप फोन तातो भएको देखिएको छ । आईफोन १५ म्याक्सको डिजाइन स्टेनलेस स्टीलको सट्टा नयाँ टाइटेनियम फ्रेममा बनेकोले यस्तो भएको हुन सक्छ। यो समस्या सम्बोधन गर्न एप्पलले सफ्टवेयरको माध्यमबाट प्रयास गरिरहेको भएपनि प्रोसेसरमा नै केही गर्नुपर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस