aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला, वरिष्ठ चित्रकारहरू सहभागी (फोटो फिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • शनिबार, १३ असोज २०८०
Global IME
साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला, वरिष्ठ चित्रकारहरू सहभागी (फोटो फिचर)
DHI
nmb

काठमाडौं । नेपालमा साइकल संस्कृति बढाउन शनिबार चित्रकला कार्यशाला भइरहेको छ । साइकल संस्कृतिका लागि ललितपुरको पाटनदेखि काठमाडौंको भृकुटी मण्डपसम्म साइकल यात्रा गरि भृकसटीमण्डपमा आएर चित्रकला कार्यशालामा सहभागी भएको हो ।  नेपाल पर्यटन बोर्डमा मुट्ठीदानमार्फत यो गोष्ठी आयोजना भइरहेको छ।

एक जना कलाकारले बढीमा दुईवटा क्यानभाषमा चित्रकृति तयार पारेका छन् । कार्यशालाबाट करिब ५० वटा चित्रकृति तयार गरिने लक्ष्य लिइएको संयोजक डा तारालाल श्रेष्ठले जानकारी दिए । 

कार्यशालामा ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपतिहरू किरण मानन्धर, रागिनी उपाध्याय, के।के। कर्माचार्य, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, मुकेश मल्ल, सरिता डंगोल, रतनकुमार राई, रविनकुमार कोइराला, हिमालय देवी शाह, सुनिता राणा, तीर्थ निरौला, कृष्णप्रकाश शाह, राकेशचन्द्र श्रेष्ठ, रमण गुरुङ, एस।सी। सुमन, विधाता केसी, दिवेशमान प्रधान, दीपेन्द्रमान बनेपाली लगायत तीन दर्जन वरिष्ठतम चित्रकारहरूको संलग्नता रहने आयोजक संस्था साइकल कल्चर कम्युनिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस