aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

युएईलाई भारतले किन  विशेष महत्व दिँदैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असोज २०८०
Global IME
ime Limited
युएईलाई भारतले किन  विशेष महत्व दिँदैछ ?
DHI
nmb

एजेन्सी । केन्द्रीय सरकारले सोमबार राष्ट्रिय सहकारी निर्यात लिमिटेड (NCEL) मार्फत गैर(बासमती चामल संयुक्त अरब इमिरेट्स(युएई) निर्यात गर्न स्वीकृति दिएको छ। सरकारले ७५ हजार टन चामल निकासी गर्न अनुमति दिएको छ ।

विदेश व्यापार महानिर्देशनालय (DGFT) ले एक सूचना जारी गरी यस सम्बन्धमा जानकारी साझा गरेको छ। पीटीआईका अनुसार सरकारले हाल देशमा गैर-बासमती चामलको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ।

यो निर्णयपछि धेरै देशमा चामलको लागि आतंकको वातावरण बनेको थियो र त्यहाँ चामलको मूल्यमा भारी उछाल आएको खबर विगतमा हेडलाइन बनेको थियो । तर, प्रतिबन्धका बाबजुद पनि भारतले आफ्ना मित्र र छिमेकी मुलुकको खाद्य सुरक्षाको माग पूरा गर्नको लागि अगाडि आएको र ती देशमा चामल निर्यात गर्न स्वीकृति दिएको छ ।

एनईसीएल मार्फत ७५ हजार टन गैर-बासमती सेतो चामल युएईमा निकासी गर्न दिँदा त्यहाँको चामलको मूल्यमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ । यसअघि मोदी सरकारले सेनेगललाई ५ लाख टन, गाम्बियालाई ५ लाख टन, इन्डोनेसियालाई २ लाख टन, मालीलाई १ लाख टन र भुटानलाई ४८ हजार ८०४ टन टुक्रा चामल निर्यात गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस