aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असोज २०८०
Global IME
ime Limited
नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप
DHI
nmb

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कस्मार्ट मोबाइल एपको शुरुवात गरेको छ । कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउन यो एप सञ्चालनमा ल्याएको हो ।  

कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरिन् । मोवाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले शुरु गरेको यस स्मार्ट मोवाईल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्वन्धि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्ने भएकोले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरिन् ।  

यसैगरि प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धता अनुरुप कम्पनीले स्मार्ट मोवाईल एप लञ्च गरेको छ । यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने कम्पनीले जनाएको छ । 

स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराए । यस एपबाट अभिकर्ताले आफ्नो लगायत संजालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्वन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराए । 
 

प्रतिक्रिया दिनुहोस