aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

साढे दुई लाख नगदसहित जुवातास खेलिरहेका १३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असोज २०८०
Global IME
साढे दुई लाख नगदसहित जुवातास खेलिरहेका १३ जना पक्राउ
DHI
nmb

काठमाडौं । जुवातास खेलिरहेका १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका २ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, नवलपरासी पूर्वको कावासोती नगरपालिका २ मालपोत चोक बस्ने गोविन्द शर्मा न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका २ बस्ने ४२ वर्षीय सुन्दर श्रेष्ठ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३९ हजार ७० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस